डिजिटल सचेतना कार्यक्रम

Posted on: 08/09/2024

अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालले २०८१ भाद्र १४ गते तदनुसार ३० अगष्ट २०२४ शुक्रवारका दिन DRF/DRAF को साझेदारितामा १ दिने डिजिटल सचेतनामूलक कार्यशाला अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालको सभाकक्षमा सम्पन्न गरेको थियो । सो कार्यशालामा परियोजनाको राष्ट्रिय गठबन्धनमा रहेका साझेदारि संस्थाहरु राष्ट्रिय बहिरा महासंघ नेपाल, बहिरा–दृष्टिविहिन अभिभावक नेपाल, राष्ट्रिय साङ्गेतिक भाषा दोभाषे संघ नेपाल र अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालका कार्य समितीका पदाधिकारीहरु र कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो । उक्त कार्यशालालाई Diverse pattern का संस्थापक र प्रबन्ध निर्देशक सागर प्रसाईले सहजिकरण गर्नु भएको थियो । उक्त कार्यशालामा Website Management, Website Design, Digital Security, Canva, जस्ता बिषयहरु. समावेश गरिएको थियो ।

Participants of the Website Workshop
magnifiercrosschevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram