FWDN Editor News

कानूनी न्याय सेवाहरूमा अपाङ्गता भएका महिला र न्यायमा पहुँचसम्बन्धी अन्तरक्रिया र सञ्जाल निर्माण कार्याशाला गोष्ठि

अपांगता भएका महिलाहरुको न्यायमा पहुच बिषयक अन्तरक्रिया/छलफल

२७ मंसिर २०८१ गते (12 December , 2024) का दिन अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालको आयोजना तथा अपाङ्गता अधिकार कोषको सहयोगमा कानूनी न्याय सेवाहरूमा अपाङ्गता भएका महिला र न्यायमा पहुँचसम्बन्धी अन्तरक्रिया र सञ्जाल निर्माण कार्याशाला गोष्ठि राजधानीमा सम्पन्न भएको छ ।
राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीको प्रमुख आतिथ्यता तथा अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालका अध्यक्ष निर्मला धितालको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा राष्ट्रिय समावेशी आयोगका सदस्य हरिदत्त जोशी, नेपाल कानुन आयोगका सहसचिव एवम् प्रवक्ता गंगा बहादुर खरेल, नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव कमला घिमिरे, अपाङ्गता अधिकार कोषका नेपाल अधिकृत कृष्ण गहतराज लगायतको आतिथ्यता रहेको थियो ।