FWDN Editor News

अपाङ्गता भएका महिलाको पाठेघरको क्यान्सर (Pap Smear & Papanicolaou Test) परिक्षण सम्बन्धि १ दिने स्वास्थ्य शिबिर कार्यक्रम

२०८१ चैत्र २४ गते (६ अप्रिल २०२५) गतेका दिन अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालको अयोजना, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय को आर्थिक सहयोग र काठमाडौँ महानगरपालिका मार्फत नेपाल परिवार नियोजन संघ, उपत्यका शाखा, जडिबुटीमा “अपाङ्गता भएका महिलाको पाठेघरको क्यान्सर (Pap Smear & Papanicolaou Test) परिक्षण सम्बन्धि १ दिने स्वास्थ्य शिबिर कार्यक्रम” सम्पन्न भएको छ ।

उत्त स्वास्थ्य सिविरमा विभिन्न संघसंस्थामा आवद्द रहेका करिब ३५ जना विविध अपाङ्गता भएका महिलाहरुको उपस्थिति रहेको थियो । यस कार्यक्रमको उद्देश्य अपाङ्गता भएका महिलाहरूमा पाठेघरको क्यान्सर सम्बन्धि जनचेतना अभिवृद्धि गर्नुका साथै समयमै परीक्षण गरी रोगको पहिचान तथा रोकथाममा सहयोग पुर्‍याउनु हो ।

यस कार्यक्रम सफल पार्नका लागि सहयोग गर्नु हुने सबै सहभागीहरू, स्वास्थ्यकर्मीहरु, नेपाल परिवार नियोजन संघ उपत्यका शाखा जडिबुटिका कर्मचारीहरु, सहयोगिहरु, रास्ट्रिय अपाङता महिला समाज नेपाल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय तथा काठमाडौँ महानगर पालिका प्रति हार्दिक आभार ब्यक्त गर्दछौ l