१९ अप्रिल, २०२५ (वैशाख ६, २०८२) मा अपाङ्गता भएका महिलाहरुको महासंघ नेपाल (FWDN) ले Women Fund Asiaको सहयोग र जल अपाङ्ग समाज, ललितपुरको सहकार्यमा ललितपुरको इमाडोलमा “अपाङ्गता भएका महिला तथा अभिभावकलाई लैङ्गिकतामा आधारित हिंसा सम्बन्धि १ दिने अभिमुखीकरण तालिम” आयोजना गरेको थियो।

ललितपुर जिल्लाका विभिन्न अपाङ्गता भएका व्यक्तिहरूको संस्थाका २५ जना महिला अभिमुखीकरणमा सहभागी भएका थिए। कार्यक्रमको अध्यक्षता महासंघकी अध्यक्ष श्री निर्मला धितालले गर्नुभएको थियो l त्यसैगरी, कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख श्री हरि गोविन्द श्रेष्ठ प्रमुख अतिथि, उप-मयोर श्री लक्ष्मी महर्जन विशेष अतिथि र महालक्ष्मी नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख श्री बिनिता शर्मा अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको मुख्य उद्देश्य अपाङ्गता भएका महिलाहरू र उनीहरूका अभिभावकहरूमाझ लैङ्गिक हिंसा (GBV) बारे जागरूकता बढाउनु र बुझाइलाई गहिरो बनाउनु थियो। कानुनी अधिकार, हिंसाका प्रकारहरू, सहयोग सेवाहरू, र यस्ता मुद्दाहरूलाई रोक्न र सम्बोधन गर्ने प्रभावकारी तरिकाहरूको बारेमा महत्त्वपूर्ण जानकारी साझा गर्नु थियो।
कार्यक्रम सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने प्रमुख अतिथि, विशेष अतिथि, अतिथि, Women Fund Asia, जल अपाङ्ग समाज, सबै सहभागीहरू, सांकेतिक भाषा दोभाषे (SLI), र महालक्ष्मी नगरपालिकाप्रति महासंघ गहिरो आभार व्यक्त गर्न चाहन्छ।