FWDN Editor News

अति तथा पूर्ण असक्त अपाङ्गता भएका महिलाहरुको दिशा पिसाब व्यवस्थापन तथा दैनिक हेरचाह सम्बन्धी तालिम

अति तथा पूर्ण असक्त अपाङ्गता भएका महिलाहरुको दिशा पिसाब व्यवस्थापन तथा दैनिक हेरचाह सम्बन्धी तालिम

अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालको आयोजना राष्ट्रिय अपाङ्ग महिला समाज नेपालको समन्वय तथा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोग एवं काठमाडौं महानगरपालिकाको साझेदारीमा अति तथा पूर्ण असक्त अपाङ्गता भएका महिलाहरुको दिशा पिसाब व्यवस्थापन तथा दैनिक हेरचाह सम्बन्धी तालिम यहि २०८२ बैशाख १३ गते राजधानीमा सम्पन्न भएको छ ।

स्पाइनल इन्जुरी पुनस्थापना केन्द्रका नर्सिङ्ग सुपरभाइजर मन्दिरा बानियाले प्रदान गर्नु भएको तालिममा अति र पूर्ण असक्त अपाङ्गता भएका २५ जना भन्दा बढी महिलाहरु र उहाहरुका सहयोगीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुदै काठमाडौं महानगरपालिका सामाजिक विकास शाखाका अधिकृत तेज प्रसाद बडालले उक्त तालिम कार्यक्रमले अति र पूर्ण असक्त अपाङ्गता भएका महिलाहरुको दैनिकीमा टेवा पुगाउने र स्वस्थ एवं मर्यादित जीवन जिउन उत्प्रेरित गर्ने बिश्वाश व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुदै अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालका अध्यक्ष निर्मला धितालले अति र पूर्ण असक्त अपाङ्गता भएका महिलाहरुका स्वास्थ सम्बन्धी समस्याहरु जटिल भएकाले ति सवालहरुलाई सहज बनाउन सहयोगीहरु समेतलाई सहभागी गराएर तालिम प्रदान गरेको बताउनुभयो तालिममा मुख्य रुपमा सहजिकरण गर्नु हुने बिषयबस्तु बिज्ञ सहजकर्ता मन्दिरा बानिया ज्यु, पत्रकार नवराज सोति ज्यु, साझेदारि निकायहरु महिला, बालबालिका तथा जेस्ठ नागरिक मन्त्रालय र काठमान्डौ महानगरपालिका सामाजिक विकास शाखाका अधिकृत तेज प्रसाद बडाल ज्यु र समन्वयकारि सस्था रास्ट्रिय अपाङ्ग महिला समाजका अध्यक्ष देबि आचार्यलाई धेरै धेरै धन्यबाद ब्यक्त गर्दै आगामि दिनमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा गर्दछौ ।

#federationofwomenwithdisabilitynepal

#FWDN#bowlbladder#dailycaretaker#personalassistant

#अपाङ्गताआवाज#आवाजबिहिनहरुकोआवाज