FWDN Editor News

अपाङ्गता भएका महिलाहरुलाई अपाङ्गता अधिकार ऐन २०७४ र अपाङ्गता भएका व्यक्तिका अधिकार सम्बन्धि महासन्धि २००६ का बारेमा अभिमुखीकरण कार्यक्रम

अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालले मिति २०८२/०१/०८ (April 21, 2025)गतेका दिन “अपाङ्गता भएका महिलाहरुलाई अपाङ्गता अधिकार ऐन २०७४ र अपाङ्गता भएका व्यक्तिका अधिकार सम्बन्धि महासन्धि २००६ का बारेमा १ दिने अभिमुखीकरण कार्यक्रम” संचालन गरेको थियो l उत्त कार्यक्रम महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय को आर्थिक सहयोग र काठमाडौँ महानगरपालिका मार्फत महालक्ष्मी नगरपालिकाको समन्वयमा महालक्ष्मी नगरपालिकाको हलमा सम्पन्न भएको थियो ।

सो कार्यक्रमको मुख्य उदेश्य अपाङ्गता भएका महिलाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी दस्तावेजहरूको बारेमा जानकारी गराउने, उनीहरूको अधिकारको सचेतना अभिवृद्धि गर्ने, र आफ्नो अधिकारको संरक्षण र प्रवर्द्धनमा सक्षम बनाउने रहेको थियो l