FWDN Editor News

अपाङ्गता भएका महिलालाई सिप बिकास तालिम पश्चात उद्यम सञ्चालन र आर्थिक सशक्तिकरण बिउ पुजि बितरण कार्यक्रम

अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग र काठमाडौँ महानगरपालिका मिति २०८२/०२/१२ (May 26, 2025)गतेका दिन “अपाङ्गता भएका महिलालाई सिप बिकास तालिम पश्चात उद्यम सञ्चालन र आर्थिक सशक्तिकरण बिउ पुजि बितरण कार्यक्रम” संचालन गरेको थियो l उत्त कार्यक्रममा उद्यम सञ्चालन गर्नु हुने १० जना अपाङ्गता भएका महिला सहभागीहरुलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी उपसचिव/अपाङ्गता अधिकार प्रबर्धन शाखा प्रमुख श्री कमला घिमिरेज्यू, काठमाडौँ महानगरपालिकाका सामाजिक बिकाश बिभागकी विभागीय प्रमुख श्री समिक्षा निरौला ज्यू र काठमाडौँ महानगरपालिकाका लेखा अधिकृत श्री तेज प्रसाद बडालज्यूले बिउ पुजि बितरण गर्नु भयो l

यस कार्यक्रम सफल पार्नका लागि सहयोग गर्नु हुने सबै सहभागीहरू, सहयोगिहरु, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय तथा काठमाडौँ महानगरपालिका प्रति हार्दिक आभार ब्यक्त गर्दछौ l