अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालले अपाङ्गता अधिकार कोषको आर्थिक सहयोग त्यसैगरी राष्ट्रिय बहिरा महासंघ नेपाल, श्रवण दृस्टीबिहिन अभिभावक समाज र राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघको सह- आयोजनामा असार २३, २०८२ गते (७ जुलाई, २०२५), सोमबारका दिन काठमाडौँमा सरोकारवाला निकायहरुसँग न्यायमा पहुँचका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो l संघिय संसदको महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार शाहको प्रमुख आतिथ्यता तथा अध्यक्ष निर्मला धितालको अध्यक्षतामा आयोजित कार्यक्रममा न्यायमा पहुँच आयोग, राष्ट्रिय मानव अधिकार आयोग, महिला मन्त्रालय, नेपाल प्रहरीलगायत निकायको उपस्थिति थियो। कार्यक्रमको सहजीकरण श्री कृष्ण गहतराज ज्युले गर्नुभएको थियो l
कार्यक्रममा अपाङ्गता भएका महिला तथा किशोरीले न्यायमा सहज पहुँच नपाउँदाका चुनौतीहरू, विद्यमान कानुनी संरचना र संस्थागत सहयोगको आवश्यकता विषयमा गहिरो छलफल गरियो। कार्यक्रममा आफ्नो अमुल्य समय निकालेर आउनु हुने सम्पूर्ण प्रमुख अतिथि, अतिथि, अपाङ्गता भएका कानुन व्यववसायी, अदालतका कर्मचारी तथा अपाङ्गता क्षेत्रमा क्रियाशिल विभिन्न संघ सस्थाका प्रमुख सहित प्रतिनिधि तथा मिडियाकर्मी नवराज ज्यूलाई धन्यवाद दिन चाहन्छौ l
