डिजिटल सचेतना कार्यक्रम
Posted on: 05/11/2024

अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालले २०८१ भाद्र १४ गते तदनुसार ३० अगष्ट २०२४ शुक्रवारका दिन Disability Rights Fund/ Disability Rights Advocacy Fund (DRF/DRAF) को साझेदारितामा १ दिने डिजिटल सचेतनामूलक कार्यशाला अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालको सभाकक्षमा सम्पन्न गरेको थियो । सो कार्यशालामा परियोजनाको राष्ट्रिय गठबन्धनमा रहेका साझेदारि संस्थाहरु राष्ट्रिय बहिरा महासंघ नेपाल, बहिरा–दृष्टिविहिन अभिभावक नेपाल, राष्ट्रिय साङ्गेतिक भाषा दोभाषे संघ नेपाल र अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालका कार्य समितीका पदाधिकारीहरु र कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो । उक्त कार्यशालालाई Website Management, Website Design, Digital Security, Canva जस्ता बिषयहरु. समावेश गरिएको थियो ।


