अपाङ्गता भएका व्यक्तिहरूका लागि मतदाता शिक्षा कार्यक्रम

Posted on: 25/05/2022
Two ladies showing the banner

अपाङ्गता भएका महिलाहरुको महासंघ-नेपाल (FWDN) को आयोजना र UNDP नेपालको सहयोगमा आज ललितपुर जिल्लाको बालकुमारी मा.बि. सुनाकोटिमा अपाङ्गता भएका ब्यक्तिहरुलाई मतदाता शिक्षाको अभिमुखिकरण र सार्बजनिक नमुना मतदानको अभ्यास कार्यक्रम सम्पन्न गरियो ।

उक्त कार्यक्रमका प्रशिक्षकहरु, सहयोगीहरु, स्वयंसेवकहरु, पत्रकारहरु, दोभासेहरु र नमुना मतदान गराउदा विभिन्न भुमिकाहरुमा जिम्मेवारी लिनु हुने सबैमा धेरै धेरै धन्यबाद ।

बर्षायाम एकैछिनमा मौसम बदलिरहने (घाम र पानी) अवस्था र आफ्नु अपाङ्गका कारण विभिन्न अवरोधका बाबजुद पनि कुनै प्रवाह नगरी आफ्नु मतधिकारको प्रयोग गर्दा भोट बदर नहोस भन्नका लागि मतदाताहरुको नमुना मतदान (Mockpolls) मा देखिएको सहभागिता ज्यादै उत्साहापुर्ण रहेको थियो ।

विशेषगरी UNDP-NEPAL, UNDP- ESP र ECN लाई धेरै धेरै धन्यबाद आगामी दिनमा पनि हामी FWDN परिवार यस्तै सहकार्यको अपेक्षा गर्दछौ ।

magnifiercrosschevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram