Provincial Consultation workshop to identify the issues and concerns of Women and Girls with Disabilities in The Convention on the Elimination of All Forms of Discrimination against Women(CEDAW)

Posted on: 17/11/2024

अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालको आयोजना तथा अपाङ्गता अधिकार कोष (Disability Rights Fund/Disability Rights Advocacy Fund) को आर्थिक सहयोग Blind Women Association, Nepal- दृस्टीबिहिन महिला संघ नेपाल (BWAN), राष्ट्रिय आदिबासी जनजाति अपाङ्ग महिला संघ – नेपाल (NIDWAN), Access Planet-एक्सेस प्लानेट, Dalit with Disability Association Nepal (DDAN)- दलित अपाङ्गता भएका व्यक्तिहरुको संघ नेपाल, Feminist Dalit Organization (FEDO)- दलित महिला संघ र Pahichan Nepal-पहिचान नेपालको सह-आयोजनामा कार्तिक २८ गते २०८१ (13th November 20124) का दिन कोशी प्रदेश, बिराटनगरमा “महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धि महासन्धि सम्बन्धि अपाङ्गता भएका महिला तथा किशोरीहरुको तर्फबाट छायाँ प्रतिवेदन तयारीका लागि प्रदेस स्तरिय १ दिने परामर्श कार्यशाला गोष्ठी” सम्पन्न गरेको थियो ।
उक्त कार्यशालामा प्रदेश स्थित रहेका जिल्लाहरुमा काम गर्दै आएका अपाङ्गतको बिबिध अवस्था र बर्ग बिषेसमा काम गर्दै आएका अपाङ्गता भएका महिला तथा ब्यक्तिहरुको सस्थाहरुबाट जम्मा ३५ जना अपाङ्गता भएका महिलाहरुको सकृय सहभागिताका साथ अपाङ्गता भएका महिलाको बिबिध पक्ष र सवालहरुमा ब्यापक छलफल गरिएको थियो भने अपाङ्गता भएका महिलाहरुको महासङ्घ नेपालका अध्यक्ष निर्मला धितालले सिड महासन्धि, प्रबेदन प्रकृया, List of Issues, र छाया प्रतिबेदनको महत्वका बारेमा स्पस्ट गराउदै ५ वटा समुह बनाई १० वटा Thematic सवालहरुमा छलफल सन्चालन गरि कार्यशालाको सहजिकरण गर्नु भएको थियो साथै रास्ट्रिय बहिरा महासङ्घका महासचिव सिताराम ओझाले सहभागिहरुलाई सार्गर्भित मन्त्यबका साथ स्वागत गर्नु भएको थियो ।

Provincial Consultation workshop to identify the issues and concerns of Women and Girls with Disabilities in The Convention on the Elimination of All Forms of Discrimination against Women 
(CEDAW)- Group photo
magnifiercrosschevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram